समाचार
ग्यालरी
अन्नपूर्ण गाउँपालिकामा गरिब परिवार पहिचान अन्तर्गत मिति २०७८/११/१२ देखि
डिजिटल तथ्यांक संकलन कार्यक्रम सुरु भएको छ ।
उद्यम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आयोजनामा बिभिन्न वडाहरुमा महिला समूहहरुलाई साबुन बनाउने , मेटलको चुरा बनाउने सिपमुलक तालिम सम्पन्न भएको छ । सिकेको सीपबाट सहभागीहरुले ब्यबसायिक रुपमा उद्यम सुरु गर्नको लागि समेत दृढ हुनुहुन्छ ।
राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा आज "स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सचेतना अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सतर्कता केन्द्रका श्रीमान् सचिब ज्यू लगायतले कार्यपालिका पदाधिकारी,कर्मचारीहरु समक्ष प्रस्तुतिकरण दिनु भएको थियो । साथै श्रीमान् सचिब ज्यूद्वारा कार्यालय अनुगमनका क्रममा पूर्वाधार परिक्षणको लागि गाउँपालिकामा रहेको ल्याब लगायतका पूर्वाधारको अनुगमन एबम उदाहरणीय काम रहेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।
नेपाल कानुन समाजका बिज्ञ टोलीसंग स्थानिय सरकारको कानुन निर्माण,बिकास निर्माण ,सेवा प्रवाह ,आर्थिक श्रोत संकलन ,कर्मचारी ब्यबस्थापन लगायतका बिषयमा छलफल पश्चात लिइएको तस्वीर,
उक्त टोलीले स्थानिय सरकारको अवस्था,चुनौती र अवसरलाई समेटी प्रधानमन्त्रीको कार्यालयलाई प्रतिबेदन बुझाउने छ।
आ.ब. २०७८/०७९ को आयोजना संचालनको लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम कार्यक्रम सुरुवात भएको छ । यो अनुशिक्षण कार्यक्रम ११ वटै वडामा संचालन हुनेछ ।