समाचार
करदाता पोर्टल तथा विद्युतीय राजश्व संकलन सेवा शुभारम्भ समारोह
#अन्नपूर्ण_गाउँपालिकाको_कर_अब_अनलाइनबाटै
करदाता पोर्टल तथा विद्युतीय भुक्तानी सेवा शुभारम्भ समारोहका झलकहरु
गाउँपालिकाको कर अब अनलाइन बाटै तिर्न सकिने छ , आइतबार गाउँपालिका कार्यालयमा अध्यक्ष बिष्णु बहादुर के.सी. ज्यू को अध्यक्षता एबम गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब मनमाया भट्टराई पंगेनी ज्यू को प्रमुख आतिथ्यता, उपाध्यक्ष चन्द्रकला अधिकारी,११ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,शाखा प्रमुख र अन्य कर्मचारी एबम अन्य सरोकारवाला बिच संचालित सेवा शुभारम्भ समारोहमा पहिलो सेवाग्राही बाल कृष्ण अधिकारीले कनेक्ट आइपिएस मार्फत कर भुक्तानी गरी सेवा शुभारम्भ गरिएको हो ।
कनेक्ट आइपिएस्,इसेवाको माध्यमबाट गाउँपालिकाको मालपोत,ब्यबसाय लगायतको कर घरमै बसेर भुक्तानी गर्न सकिने छ ।
करदाता पोर्टल https://tax-annapurna.softechnp.com
मार्फत लग इन गरी आफ्नो भुक्तानी गर्नुपर्ने करको विवरण हेर्न र तिर्न सकिने छ भने इसेवा मार्फत सिधै रकम तिर्न सकिने छ ।
यसको लागि सुरुमा एकपटक पालिका वा वडा मा आफ्नो विवरण दर्ता गराई आठ अंकको कोड नं. लिनु पर्ने छ ।