FAQs Complain Problems

अन्नपूर्ण गाउँपालिकाको संक्षिप्त विवरण

वि. सं. २०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको  अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४  वर्ग कि. मी. रहेको छ भने छ भने बि.स.२०७८ को जनगणना अनुसार  कुल जनसंख्या २२०९९ छ। कृषि,पर्यटन,उर्जा र पूर्वाधार; अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गरेको यस अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण  गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी   जिल्ला रहेको छ उत्तरी सिमानामा मनंग  तथा दक्षिणमा   पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ | गाउँपालिकाको अग्रणी  क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस  गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्न ताल, नसिखर्क रहेका छन् । राष्ट्रिय सडक को लम्बाई जम्मा २४ कि.मि.,जिल्ला सडक को लम्बाई जम्मा ५८.५२ कि. मि.,गाउँपालिका स्तरीय सडक समेत कुल लम्बाई करिब २३७.४१  कि.मि. सडकको अवस्था रहेको छ ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.