समाचार
राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा गाउँपालिकामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न
राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा आज "स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सचेतना अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सतर्कता केन्द्रका श्रीमान् सचिब ज्यू लगायतले कार्यपालिका पदाधिकारी,कर्मचारीहरु समक्ष प्रस्तुतिकरण दिनु भएको थियो । साथै श्रीमान् सचिब ज्यूद्वारा कार्यालय अनुगमनका क्रममा पूर्वाधार परिक्षणको लागि गाउँपालिकामा रहेको ल्याब लगायतका पूर्वाधारको अनुगमन एबम उदाहरणीय काम रहेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।